आज इन्द्रजात्रा पर्व मनाइँदै छ। काठमाडौंको हनुमानढोका अगाडि विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि प्रारम्भ हुने नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ। इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने
काठमाडौं । अमेरिकी कम्पनीको रूपमा स्थापना भएर नेपाल र बङ्गलादेशमा चर्चित राइड शेयरिङ एप पठाओका जन्मदाता हुन्, आईटी उद्यमी फाहिम सलेह ।
काठमाडौँ- सन् २००९ मा अमेरिकामा सुरु भएको र हाल व्यावसायिकरूपले निकै सफल मानिएको ‘उबर’कै शैलीलाई पछ्याउँदै छ वर्षअघि नेपालमा पनि राइड सेयरिङ कम्पनी टुटल सुरु भयो ।
निजी सवारीसाधनलाई व्यावसायिकरूपमा सञ्चालन गर्ने उद्देश्यले टुटलले सेवा सुरु गरे पनि नियमनका लागि भने कानूनको अभावमा सुरुआती चरणमा निकै झमेला बेहोर्नु पर्यो ।
काठमाडौं- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण सुहाउँदो विद्युतीय सवारी साधनको प्रवर्द्धनमा सरकारले थप नीतिगत प्रबन्धका अलावा थप सहजीकरण गर्ने बताएका छन् । उनले वातावरणको संरक्षणका साथ साथै देशभित्रको बिजुलीको खपत बढाउनका लागि पनि विद्युतीय सवारी साधनको प्रवर्द्धन जरुरी रहेको उल्लेख गरे ।
मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विज्ञान र प्रविधिको जमानामा प्रहरीले पनि सोहीअनुरूप अन्तरराष्ट्रिय स्तरको प्रविधिको प्रयोग गर्न जरुरी रहेको बताएका छन् ।
शुक्रवार मकवानपुरको पदमपोखरी प्रहरीचौकी शुभारम्भ गर्दै उनले बागमती प्रदेशका प्रहरीलाई अत्याधुनिक उपकरणयुक्त र प्रविधिमैत्री बनाउँदै लगिने बताएका हुन् ।
काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भारतीय मालवाहक र यात्रुवाहक सवारी साधन नेपालभित्र सञ्चालन गर्न दिने ७२ घण्टे असमान सम्झौता तत्काल खारेज गर्न माग गरेको छ । महासङ्घको भदौ २२ र २३ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकको आइतबार निर्णय सार्वजनिक गर्दै भारतीय मालवाहक र यात्रुवाहक सवारीसाधन नेपालभित्र सञ्चालन गर्न दिने ७२ घण्टे असमान सम्झौता खारेज गर्न माग गरेको हो ।
२३ भदौ, काठमाडौं । चक्रपथको कलंकी-बालाजु-महाराजगञ्ज खण्डमा हिजोआज सर्भिस ट्रयाक निर्माणको काम धमाधम भइरहेको छ । चक्रपथ विस्तार आयोजना अन्तर्गत मुख्य लेन र सर्भिस लेनको काम चीन सरकारले गर्ने भए पनि सर्भिस ट्रयाकको काम नेपाल सरकारले नै गरिरहेको हो । गोंगबु क्षेत्रमा हिजोआज दिनभर नै कामदार र मेसिनहरु धमाधम काम गरिरहेका देखिन्छन् । वर्षायामका बेला सडक विस्तार गर्न लागिएका कारण सामाखुशी गोंगबु क्षेत्र हिलो र धुलोले आक्रान्त छ ।
काठमाडौँ — पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पेट्रोलियम पदार्थको ढुवानी बिमा शुल्क घटाएको छ । नेपाल आयल निगमको डिपोबाट पम्पसम्म इन्धन ढुवानी गरेबापत बिमा शुल्कमा बर्सेनि ठूलो परिमाणमा रकम अपचलन गरेको आरोप लागेपछि एसोसिएसनले शुल्क घटाएको हो । बिमा शुल्कका नाममा निगमले ०.०६ प्रतिशतका दरले रकम उपलब्ध गराउँदै आएको छ । तर एसोसिएसनले पम्प व्यवसायीबाट ०.०८ प्रतिशतका दरले रकम उठाउने गरेको थियो ।
नेपालका लागि रेनो गाडीको आधिकारीक वितरक एड्भान्स्ड अटोमोबाईल्स् र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ। नजिकिँदै गरेको दशैं तिहार र बहुप्रतिक्षित नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन यस सम्झौतामा हस्ताक्षर गरिएको कम्पनीले जनएको छ।
नवलपुर (नवलपरासी पूर्व) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का विभिन्न स्थानमा सवारीसाधन स्क्यान गर्ने उपकरण (मेसिन) राखिने भएको छ । जिल्ला प्रवेश गर्ने, बाहिरिने गरी दुई नाका र कावासोती गरी तीन स्थानमा गाडी स्क्यान गर्ने अत्याधुनिक मेसिन जडान गरिने भएको हो ।
राष्ट्रिय तथ्यांक कार्यालयले कृषि गणना गर्ने क्रममा तीन लाख ३० हजार परिवारसँगबाट सरकारका लागि प्रमुख तीन सुझाव लिएको छ। प्रत्येक दस वर्षमा गरिने कृषि गणनामा योपटक 'तपाईं सरकारलाई के सुझाव दिन चाहनुहुन्छ' भनेर प्रश्न गरिएको थियो।
चितवनमा दुई ट्रक एक आपसमा ठोक्किँदा एक जना ट्रक चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–३ झुरझुरे बासुकी पेट्रोल पम्प नजिकै दुर्घटना भएको हाे ।दुर्घटनामा परेर ना३ख ५४८८ नम्बरको ट्रक चालक नवलपरासी जिल्ला गैंडाकोट–१ का ४३ वर्षीय प्रकाश कुँवर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
कपिलवस्तु : नेपाल प्रहरीकै कर्मचारीहरू अवैध रुपमा चोरीको मोटरसाइकल चढ्ने गरेको पाइएको छ। अस्थायी प्रहरी पोष्ट जहदीका प्रहरी कर्मचारीहरूले चोरीको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा अवैध रुपमा नेपाली नम्बर प्लेट ठोकेर चलाइरहेको भेटिएको हो। प्रहरीले चढ्दै आएको लु १८ प ६४३ नम्बर प्लेटको सेतो अपाची मोटर साइकल भारतीय चोरीको मोटरसाइकल हो।
नेपालगन्ज — बाँकेको राप्ती सोनारी गाउँपालिका शमशेरगन्जमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको छ । २५ जना घाइते छन् । राप्तीसोनारी–८ शमशेरगन्जमा शुक्रबार राति सवा ९ बजेतिर दुर्घटना भएको हो । दाङबाट नेपालगन्जतर्फ आइरहेको ना७ख २३२१ नम्बरको बस शमशेरगन्जमा पूर्वपश्चिम राजमार्ग किनारमा रोकिराखेको ना८ख ६४०५ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको कोहलपुरका डीएसपी सुन्दर तिवारीले बताए ।
माल्दिभ्सलाई ४–१ ले हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा दुवै टोली १० खेलाडीमा सीमित बनेका थिए । नेपालको जितमा समीर तामाङले दुई तथा प्रशान्त लक्षम र नीराजन धामीले एक–एक गोल गरे । माल्दिभ्सका लागि अदाम लयान रासिदले गोल गरेका हुन्।
माल्दिभ्सविरुद्ध प्रशान्त लक्षम र समीर तामाङको गोलमा नेपालले पहिलो हाफमै २–० को अग्रता बनाएको छ। यू– १९ साफ च्याम्पियनसिपको समूह ‘ए’मा नेपाललाई आज जित्नैपर्ने दबाब छ।
काठमाडौं : चीनका हाङ्चाओ सहरमा शनिबारदेखि १९औँ एशियाली खेलकुद प्रतियोगिता (एसियाड)सुरु हुँदैछ । समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार पाँच सयभन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । जसमा ४० खेल, ६१ वटा विधा र चार सय ८१ प्रतिस्पर्धा हुनेछन् । एशियाली खेलकुद कुम्भ मेलाको उद्घाटन चीनका राष्ट्रपति सी चीनफिङले गर्ने छन् ।
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आइतबार श्रीलङ्काको राजधानी कोलम्बोमा खेलिँदै छ । १६औँ संस्करणको उपाधिका लागि भारत र श्रीलङ्काबीच भिडन्त हुँदै छ ।
कोलम्बो । एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको भिडन्तमा भारतले पाकिस्तानलाई ३५७ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको जिम्मा पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३५६ रन जोड्यो । भारतका विराट कोहली र केएल राहुलले सतक बनाए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का ४९ सदस्यले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको मागसहित विशेष साधारण सभा बोलाउन माग गरेका छन्।
काठमाडौँ — नेपालले म्यानमारसँग पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार गोलरहित बराबरी खेलेको छ । याङगुनको थुउन्ना रंगशालामा भएको खेल दुवै टिमले केही अवसर सिर्जना गरेपछि गोल भने हुन सकेन । खेलको अधिकांश समय म्यानमार नेपालमाथि भने हाबी रह्यो ।
पाल भलिबल संघले आयोजना गरेको सातौँ संस्करणको प्रतियोगितामा दर्शकको भीड थाम्न मुस्किल थियो । यसले इङ्गित गर्छ, नेपाली भलिबलमा अहिले दर्शकहरूको राम्रो चार्मिङ छ । त्यसो त अहिले पोखरामा भइरहेको टाइगर कप भलिबलमा पनि दर्शकहरूको घुइँचो देख्न सकिन्छ । लामो समयपछि भएको प्रतियोगिताले नेपाली भलिबलका दर्शकलाई आकर्षित गरिरहेको छ ।
काठमाडौं । नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । अञ्जन विष्ट पेनाल्टीमा चुक्दा नेपालले आफूभन्दा वरियतामा १५ स्थान माथि रहेको म्यानमारमाथि जित दर्ता गर्न चुक्यो ।
खेलको ६३ औं मिनेटमा नेपालले पेनाल्टीमार्फत गोलको अवसर पाएको थियो ।
काठमाडौँ — बाराको निजगढमा भएको नेपाल सितोरियो कराते संघको दोस्रो साधारणसभा तथा महाधिवेशनले अध्यक्षमा दावा गुरुङलाई सर्वसम्मत निर्वाचित गरेको छ ।वरिष्ठ उपाध्यक्षमा मजेन्द्र सिंह, उपाध्यक्षमा राजीव थापा, किशोर भट्टराई र पाल्छाङ हेन्जन चुनिए । सदस्यमा देवकुमार लामा, प्रकाशमोहन धौबडेल, प्रेमलाल बोम्जन, विजयमान थापा, मिलनराज प्रसाईं, हरिबहादुर घर्ती, राजेन्द्र बराल, हेमन्तकुमार मल्ल, मनिराम थापा, उमा महतो, विजय बस्नेत, धर्मप्रसाद न्यौपाने, विजय गुरुङ, मधु लामा, राधिका देउला, जानकी सेढाईं महर्जन, कृष्ण गौतम, प्रेमबहादुर राना र ज्ञानबहादुर जिम्बा निर्वाचित भए ।
काठमाडौं (हाम्रो खेलकुद )-अन्जन विस्टले पेनाल्टी पाएको अवसरको सदुपयोग गर्न नसक्दा नेपालले म्यानमारसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको छ। यंगोन अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा अन्जनको पेनाल्टी म्यानमारका गोलरक्षकले रोकेपछि नेपाल जित हासिल गर्न बाट चुकेको हो। ६३औं मिनेटमा म्यानमारका राइट-ब्याक फ्यो विनले हातले बल छोएपछि नेपालले पेनाल्टीमा गोल गर्ने अवसर प्राप्त गरेको थियो।
एजेन्सी – कप्तान जस बटलर र बेन स्टोक्ससहित चार ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले पहिलो ओडिआई खेलमा न्युजिल्यान्डलाई २ सय ९२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । कार्डिफमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ९१ रन बनायो ।
© 2023, Apone Khabr. All rights reserved.