काठमाडौं महानगरभित्र रहेका मुख्य सडकखण्डका खाल्डा टाल्न थालिएको छ । सडक डिभिजन काठमाडौंले आफ्नो जिम्मेवारीमा रहेका महानगरभित्रका सडकखण्डका खाल्डा टाल्न थालेको हो ।
सडकका खाल्डामा प्याच गरी मर्मत गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायण निहुरेले जानकारी दिए ।