स्वदेशी उत्पादन, जडिबुटीजन्य वस्तुको नाममा केही कम्पनीले पिरामिड शैलीको नेटवर्किङको व्यापारलाई ब्युँताएका छन् । जसको मुख्य निशाना गृहिणी र पाका उमेरका पुरुष छन् ।
साउन २५ गते सुनसरीको इटहरीमा अवैध नेटवर्किङ कम्पनी चलाएको भन्दै इटहरी उपमहानगरपालिकाले ३ वटा कम्पनीका कार्यालयमा ताला लगायो। अवैधानिक नेटवर्किङ व्यवसायको धन्दा चलाएका कारण उपमहानगरले ग्लोबल ओरेन्स, हेल्दी लिभिङ नेपाल र रोयल एसोसिएट कम्पनीका कार्यालय बन्द गरायो।